२०२२ को अन्त्यसम्म संसारका सबैलाई कोरोना खोप

वेलकम खबर
जेष्ठ २३, २०७८

काठमाडौं । सन् २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई कोरोना भाइरसविरूद्धको खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले प्रतिवद्धता गर्न आग्र्रह गरेका छन् ।

उनले विश्वका धनी सात मुलुक ग्रुप अफ सेभन ९जी ७० का नेताहरूलाई सन् २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउन भनेका हुुन् ।

आउने शुक्रबारदेखि तीब मुलुकका नेताहरूलाई बेलायतमा स्वागत गर्न लागेका प्रधानमन्त्री जोनसन जी ७ को सम्मेलनमा आफूले विश्वका नेताबाट विश्वभरि खोप पुर्‍याउन प्रतिवद्धताका लागि पहल गर्ने बताएका हुन् ।

कोरोना महामारीका कारण २ वर्षमा पहिलो पटक जी ७ का नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन् । जर्मनी, फ्रान्स, अमेरिका, इटाली, जापान, युरोपियन युनियन र क्यानडाका नेताहरूको तीन दिने सम्मेलन दक्षिण पश्चिम बेलायतको कोर्नवालमा शुक्रबारदेखि हुँदैछ ।v

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*