प्रधानमन्त्रीद्वारा कोरोना खोप उपलब्ध गराउन ब्रिटिश सरकारलाइ आग्रह
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले यूके संग कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन्।
कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको बेला दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन्।
ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्।
ओलीले भने, ुम ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुस्ख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु।ु