ताप्लेजुङको फुङलिङमा थपिए ११ जना कोरोना संक्रमित
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङमा शुक्रबार थप नयाँ ११ जनाको एन्टिजेन पोजेटिभ देखिएको छ । पोजेटिभ हुनेमा ५ पुरुष र ६ महिला रहेका छन् ।
फुङलिङ नगरपालिकाले बहानन्देमा वडा नंं। ३, ७ र ८ लाई लक्षित गरेर मेवाराजा आधारभुत विद्यालयमा ५ फलोअप सहित ४८ जनाको परीक्षण गरेको नगरपालिकाले जनाएको छ । जसमध्ये फलोअप ५ जनाको रिपोर्ट नेगेटिभ आएको बताईको छ ।
नगरपालिकाले विगत केही दिन अगाडी देखि टोलटोलमा पुगेर कोरोना परीक्षण गरिहेको छ । जसअन्तर्गत शनिबार फुङलिङ नगरपालिका ९ हाङदेवाको भगवती प्राथमिक विद्यालय चुहानडाडामा परीक्षण गर्ने नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।
जिल्लामा हासम्म सक्रिय संक्रमितको संख्या ४ सय १३ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार शुक्रबार ५ निको भएसँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ३ सय ५१ छ ।
यस्तै शुक्रबार नै जिल्लाको मेरिङदेन गाउँपालिका ५ थुकिमामा समेत एन्टिजेन परीक्षण हुदै छ । पछिल्लो समयमा कोरोना संक्रमित गाउँगाउँसम्म फलिएकाले जिल्लाका अधिकांश स्थानीय तहले टोलटोलमा पुगेर कोरोना परीक्षणलाई तिव्रता दिँदै आएका छन् ।