देशभर १४ सय ४४ कोरोना संक्रमितको आईसीयुमा उपचार हुँदै, कहाँ कति ?

वेलकम खबर
जेष्ठ २१, २०७८

काठमाडौं । नेपालमा हालसम्म कोरोेना संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । नेपालमा पनि दैनिक ४ हजार बढी सक्रमित भइरहेका छन् ।

बिहीबार सम्म नेपालमा ३ सय ९८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । जसमध्ये प्रदेश १ मा ५७ जना, प्रदेश २ मा २२ जना, बाग्मती प्रदेशमा २५६ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

मन्त्रलायको अनुसार देशभर आईसीयुमा १४ सय ४४ जनाको उपचार भैरहेको छ । जसमध्ये प्रदेश १ मा २२१ जना, प्रदेश २ मा ११३ जना, बागमती प्रदेशमा ७२६ जना, गण्डकी प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा १६९ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदुरपश्चिम प्रदेशमा ३० जनाको आइसियुमा उपचार भैरहेको छ ।

त्यस्तै, देशभर होम आइसोलेशनमा बस्नेको संख्या ९४ हजार ९०९ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*