योगेश भट्टराईले ताप्लेजुङ पठाएको स्वास्थ्य सामाग्री आईपुग्यो

वेलकम खबर
जेष्ठ २०, २०७८

ताप्लेजुङ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजनमा काठमण्डौंमा संकलन गरी पठाईएको स्वास्थ्य सामाग्री ताप्लेजुङ आई पुगेको छ ।

ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका अक्सिजन सिलिण्डरसहितका आवश्यक सामाग्रीहरु काठमाडौंबाट ताप्लेजुङ आज आई पुगेको हो ।

आईपुगेका सामाग्रीहरुमा अक्सिजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० थान, पल्स अक्सिमिटर ३ थान र २ सय थान एन्टिजेन किट रहेको नेकपा एमाले ताप्लेजुङका अध्यक्ष तथा प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङले जानकारी दिनुभयो । उहाँले काठमाडौबाट आएको सामाग्री बुझि जिल्ला जिल्ला जनस्वास्थ्य कार्यालयमा हस्तान्तरण गरेको बताउनुभयो ।

हाई क्वालीटीको ३० थान पीपीई मध्ये क्यानडामा रहेका ताप्लेजुङ्बासी घनश्याम भट्टराई र दीलप्रसाद याक्सोबाट २५ थान र उत्पादक व्यवसायी इरशाद अलीबाट ५ थान उपलब्ध गराईएको हो ।

स्वास्थ्य सामग्री ढुवानीका लागी दुईवटा गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापा सम्म र झापा देखि ताप्लेजुङ ढुवानी सेवाले सौजन्य ढुवानी गरेको समेत प्रदेशसभा सदस्य साम्सोहाङले बताउनुभयो । अन्य थप सामाग्रीहरु समेत काठमाडौंमा संलकन भई बताईएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*