ताप्लेजुङमा कोरोना संक्रमित वृद्धाको मृत्यु

वेलकम खबर
जेष्ठ १८, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । मिक्वाखोला गाउँपालिका–२ की ८१ वर्षिय वृद्धाको मंगलबार दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दिर्घरोगबाट ग्रसित वृद्धाको जेठ १६ गते अस्पतालमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए ।
मृतकको अन्त्येष्टि परिवारले नै गर्ने वडाध्यक्ष सुरेस थापाले जानकारी दिए । यो सगै कोरोनाले मृत्यु हुनेका संख्या ताप्लेजुङमा ११ पुगेको छ ।

अधिकृत कठायतका अनुसार कोरोनाको दोस्रो लहर सुरु भए यता ताप्लेजुङमा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*