दैनीक घट्न थाल्यो कोरोना संक्रमित, सक्रिय संक्रमित कति ?

वेलकम खबर
जेष्ठ १७, २०७८

काठमाडौं । नेपालमा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको संख्या घट्दै गएको छ । वैशाख २८ गते एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा अहिले यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ ।

गत सोमबारदेखि हिजो सम्म १ लाख ३१ हजार ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा ४९ हजार ६ सय सात जना संक्रमणमुक्त भएका छन् । यस्तै, मृतक संख्या पनि दैनिक घट्दो क्रममा रहेको छ । आइतबार १ सय ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै, देशभर १ हजार ५ सय ४५ आईसीयू र ४ सय ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत प्रदेश १ मा २ सय ३७ आईसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १ सय ४४ आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २० आईसीयू र २ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*