आईसीयू र भेन्टिलेटरका लागि ताप्लेजुङ अस्पताललाई तीन करोड, अरुले कति पाए ?
काठमाडौ । अर्थ मन्त्रालयले ताप्लेजुङ सहित ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँको सुनिश्चितता दिएको छ । आईसीयू र भेन्टिलेटर निर्माणका लागि अस्पतालले सो बराबरको रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको हो ।
रकम सुनिश्चितता पाउने अस्पतालममा ताप्लेजुङ जिल्ला अस्पतालले तीन करोड पाउने सुनिश्चित भएको छ त्यस्तै भक्तपुर अस्पताललाई १२ करोड, सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड रुपैयाँ भुक्तानी दिन अर्थले प्रतिवद्धता जनाएको छ ।
त्यस्तै, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन÷तीन करोड रुपैयाँ दिन सुनिश्चितता दिएको छ ।
यस्तै, बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई समेत तीन÷तीन करोड रुपैयाँ छ ।
पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्बीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीनरतीन करोड रुपैयाँको सहमति दिइएको छ ।
कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।
आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ ।
गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ ।
मन्त्रालयले मेची अस्पताल र धौलागिरी अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ ।