ताप्लेजुङका आठ निर्माण ब्यवसायीले एन्टिजेन्ट किट दिए

वेलकम खबर
जेष्ठ १३, २०७८

ताप्लेजुङ । ताप्लेजुङका निर्माण व्यवसायीहरुले जिल्ला अस्पताल ताप्लेजुङलाई एन्टिजेन किट प्रदान गरेको छ । विहिवार ताप्लेजुृङमा रहेका विभिन्न आठ निर्माण ब्यवसायीहरुले सामुहिक रुपमा एन्टिजेन किट खरिद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरेहो हो ।

ताप्लेजुङका निर्माण ब्यवसायीहरु सेवालुङ निर्माण ब्यवसायीका प्रबन्धक जसबहादुर लिम्बुबाट ३५ हजार,हिमालयन कन्ट्रकसन्का प्रोपाईटर ईन्द्र केदेमबाट २५ हजार,पोमु कन्ट्रक्सनका प्रोपाईट दिपेन पोमुबाट २० हजार,पहाडी निर्माण सेवाका प्रोपाईट मंगलसिह साँवाबाट २० हजार,नेचाली राई कन्ट्रक्सनका प्रोपाईटर विश्वराज राईबाट २० हजार,कान्छा लावती कन्ट्रक्सनका प्रोपाईटर ज्ञानेन्द्र लाबतीबाट २० हजार,कञ्चनजंघा निर्माण सेवाका प्रोपाईटरहरु विनोद भारती,विकास हाङगाम,गजेन्द्र केदेम र बिशाल गुरुङ बाट २० हजार र डेबिड कन्ट्रक्सनका प्रोपाईटर गणेश खाती,राजकुमार कुमार खिम्दीङ र विश्वास खिम्दीङले २० हजार गरी कुल एक लाख ८० हजार मुल्यको २०० थान एन्टिजेन किट खरिद गरी निर्माण व्यवसायीहरुले जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरेकोे हो ।
आफूहरुले उपलब्ध गराएको एन्टिजेन किटले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथाममा सघाउ पुग्ने विश्वास लिएको पोमु कन्ट्रक्सनका प्रोपाईटर दिपेन पोमुले बताउनुभयो ।

यता जिल्लामा कोरोना परीक्षणको दायरा फराकिलो बनाइरहेको अवस्थामा निर्माण व्यवसायीहरुबाट एन्टिजेन किट सहयोगले राहत मिलेकोभन्दै सहयोगीदातालाई जिल्ला अस्पतालका डाक्टर लामाले धन्यवाद दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*