पाँचथरको हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्षको कोरोनाका कारण निधन

वेलकम खबर
जेष्ठ १३, २०७८

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका ४ का वडाध्यक्ष सिरि सिगुको कोरोना संक्रमणबाट निधन भएको छ ।

झापाको बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका सिगुको बिहीबार बिहान अस्पतालमै निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।

‘वडाध्यक्षको निधन भएको कुरा आज बिहान अस्पतालले पुष्टि गरेका छ,’ लिङदेनले भने ‘अत्यष्टिको लागि प्रक्रिया पुरा गर्ने काम भईरहेको छ ।’ सिगुलाई झापामै अनत्यष्टि गर्ने तयारी गरिएको उनले बताए । यो सँगै पाँचथरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*