जुटयाे ताप्लेजुङका लागि शव वहान किन्ने रकम

वेलकम खबर
जेष्ठ ८, २०७८

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका डाक्टर सन्दुक रुइटले गृह जिल्ला ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन ।
शव वाहनको अभावमा कोरोना संक्रमणवाट मृत्यू भएकाहरुको शव ओसार्न समस्या भइरहेकाबेला आठजना ब्यत्तिहरुवाट १० लाख २५ हजार रुपैंया जुटाइदिएका हुन । रुइटका अनुसार लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वती देवीले ५ लाख रुपैंया दिएकी छन । स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला, तेञ्जिङ उक्याव, सोनाम टाँसी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिएका छन भने मिङमा उक्याव र लाक्पा छिरिङ परमाले ५० हजारका दरले सहयोग गरेका छन । थुप्तेन उक्यावले २५ हजार रुपैंया दिएको रुइटले वताए । यो रकमले शव वाहन खरिद गर्न पुग्ने र त्यो जिल्ला अस्पताललाई दिने रुइटले वताएका छन ।
शव वाहन खरिदमा भन्सार छुट हुन्छ । यस्का लागि सांसद योगेश भट्टराई र प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले समन्वय गरेका छन । शव वाहन जिल्ला अस्पतालमा रहनेगरी ब्यवस्थापन गरिने उल्लेख छ । गत जेठ ३ गते प्रतिनिधिसभाका सांसद भट्टराईले डाक्टर रुइट सहित जिल्लाका प्रदेश सांसद, स्थानिय तहका प्रमुख र डिसिसिएमसीका प्रतिनिधिसँग जुम बैठक गरेका थिए । उत्त बैठकमा शव वाहन नभएको, एण्टिजेन किट सकिएको, स्वास्थ्य सामग्रीको अभाव भएको जस्ता सवाल उठेका थिए । सवाल उठेको भोलीपल्टै भट्टराईले स्वास्थ्य सामग्री र रुइटले चार सय थान एण्टिजेन किट पठाएका थिए ।
शव वाहन नहुँदा एम्वुलेन्समा शव बोकिदै आएको छ । स्थानियस्तरमा ट्याक्टरमा राखेर शव ओसारपसार हुँदै आएको छ । संक्रमणमा शव बोक्ने सवारी साधन पाउन मुस्किल भएपछि शव वाहनको बिषय उठेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*