जन्म गाउँलाई स्वास्थ्य सामाग्री जुटाउदै युवाहरु
ताप्लेजुङ । कोरोना भाइरस राेकथामकाे लागि ताप्लेजुङका युवाहरु लागि परेका छन ।
ताप्लेजुङ जिल्लाको विभिन्न क्षेत्रमा फैलिरहेको भाइरसबाट आफनाे गाउँलाई सुरक्षित राख्ने उदेश्यले सिरिजंघा गाउपालिका ६ मामाङ्खेका युवाहरु सहायता समाज र देश विदेशमा छरिए मामाङ्खे वासीहरुको साझा अभियानवाट मामाङ्खे, कोभिड १९ रिलिफ फन्ड खडा गरेकाे छ ।
ईन्जिनियर डिल्ली राज मावोको संयोजकत्वमा संचालन गरिएको फन्ड संकलन अभियानमा मुख्य गरेर साउदी अरबबाट दुर्गा मावाे अमेरिकावाट घनेन्द्र मावाे जापानवाट प्रदिप मावो, कोरियावाट सुरेन्द्र मावो र रमेश वर्देवाको सकृयतामा चार लाख,५० हजार बरावरको रकम संकलन भएको छ साे रकमकाे पहिलो चरणमा दुईलाख पचास हजार बरावरको स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर, पिपिइ सेट, पल्स अक्सिमिटर, सेनिटाइजर स्प्रे केन, थर्म गन, ग्लोपस्, सावुन, इम्युनवुस्टप, फेस मास्क, लगायतका आधारभूत स्वास्थ्य सामाग्रीहरु वितरण गरिने भएको छ । प्रत्येक घरधुरी, स्वास्थ्य चौकी र सार्वजनिक निकायमा वितरण गर्ने गरि खरिद गरेको सामान प्रत्यक्ष फिल्डमा खटिने रोमा लिम्बु र कैलास मावोले गते मामाङ्खेको प्रवेस दवार फुम्फे डाँडामा मामाङ्खे सहायता समाज, वडाका प्रतिनिधी साथै स्वास्थ्य चौकीको प्रतिनिधीलाई हस्तान्तरण गरेका छ। यस फन्डवाट तयारी अवस्थाको लागि अक्सिजन सलिन्डिर, टेस्ट किड लगायत आवस्य सामाग्रीहरु पछिल्लो चरणमा खरिद गरिने छ संयाेजक मावाेले बताएका छन ।