निघुरादिन र फुलवारीमा ९ जना संक्रमित
ताप्लेजुङ ।ताप्लेजुङको आठराई त्रिबेणी गाउपालिका १ र २ निगुरादिन र फुलवारीमा आज गरिएको एण्टिजेन परिक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीको टोलिले वडा, वडामा पुगेर गरेको परिक्षणमा निगुरादिनमा २ र फुलवारीमा ७ जनामा पोजेटिभ देखिएको गाउपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले बताए । निगुरादिनमा १२ र फुलवारीमा ११ जनाको परिक्षण गरिएको थियो । फुलवारीको साविक १, २ र ३ नम्वर वडामा ज्वरो, रुघा, खोकीका बिरामी रहेको र त्यही गएर परिक्षण गरिएको सिटौलाले वताए । भोली गाउपालिकाको केन्द्र हाङपाङ र पर्सि चाँगेमा परिक्षण गर्ने गाउपालिका अध्यक्ष विश्व सिटाैलाले बताए ।