ताप्लेजुङमा ७६ जना कोरोना संक्रमित थपिए
ताप्लेजुङ ।ताप्लेजुङ जिल्लामा कोरोना संक्रमित ७६ जना थपिएका छन् । १०० जनाको स्वाब परिक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गत विहिबार फुङलिङ नगरपालिका सुकेटार क्षेत्रको १५२ जनाको स्वाब कोरोना प्रयोगशाला भद्रपुर पठाईएको थियो । १५२ जना मध्ये १०० जनाको रिपोर्ट आउन बाकि थियो । सो १०० जनामा ७६ जनाको रिपोर्ट पेजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । महिला ३१ र पुरुष ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रजिअ पाण्डेले अहिले सम्ममा ताप्लेजुङमा ३९८ जना सक्रिय संक्रमित भएको बताउनुभयो । उता, २१८ जनाको भने अझै रिपोर्ट आउन बाकीं रहेको प्रजिअ पाण्डेले बताउनुभयो ।