याेगेश भट्टराईले पठाएकाे स्वास्थ्य सामाग्री ताप्लेजुङ अाई पुग्याे

वेलकम खबर
जेष्ठ ५, २०७८

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको छ ।

ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि भट्टराईको पहलमा काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरी गत सोमबार ताप्लेजुङका लागि पठाइएको थियो ।साे स्वास्थ्य सामाग्री ताप्लेजुङ सहायक प्रमुख जिल्ला अधिकारी गायत्री अधिकारीले काठमाडौं बुझि ताप्लेजुङ ल्याएर ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख साेनिङ लामालाई बुझाउनु भएकाे बताउनुभयो ।

सामान बुधबार विहान मध्यान्न ताप्लेजुङ पुगेको हो । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान ताप्लेजुङका लागि ढुवानी गरेका थिए ।

ताप्लेजुङका पुगेका स्वास्थ्य सामग्रीमा ४ सय थान एन्टिजेन किट, अक्सिजन कन्सिनट्रेटर ७ थान, एन ९५ मास्क १ सय थान, पीपीई १ सय थान, पञ्जा १ सय थान, सर्जिकल मास्क २ हजार थान, सेफ्टी चस्मा ५० थान र १५ लिटर सेनिटाईजर छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*