काेराेना नियन्त्रणका लागि याेगेश भट्टराईले यी सामाग्री पठाए ताप्लेजुङ
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङ जिल्लाका लागि काेभिड नियन्त्रण गर्न विभिन्न सामाग्री पठाउनु भएकाे छ ।पूर्वमन्त्रीकाे संयोजनमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टंक अाङबुहाङ, ताप्लेजुङका स्थानीय तहका प्रमुखहरु , ताप्लेजुङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्वास्थकर्मीहरु जिल्ला समन्वय समितीका प्रमुख धनेन्द्र मादेन, स्वास्थ्य मन्त्रालयका प्रदेश सदस्य बलबहादुर साम्साेहाङ,हाेमकुमारी साँवा, सहसचिव महेन्द्र श्रेष्ठ प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव गाेविन्द्र कार्की ,नसिङ रजिस्ट्रार बिन्दा घिमिरे डाक्टर सन्दुक रुईत, जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामा पत्रकार महांसघ अध्यक्ष अानन्द गाैतम,उधाेग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी सहितको साेमवारकाे जुम वैठकले तत्काल केहि स्वास्थ्य सामाग्री अावश्यक रहेकाे बैठकमा माग भएपछि पूर्व मन्त्री भट्टराईकाे पहलमा एन्टीजिन किट ४०० थान, oxygen concentrator ७ थान, एन ९५ माक्स १०० थान,गाउन (पिपिई) १०० थान, पन्जा १०० जोर,माक्स ( सर्जिकल) २००० थान, सेफ्टी चस्मा ५० थान,सेनिटाईजर २० लिटर पठाईएकाे पूर्वमन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईले बताउनु भयाे ।
बैठकमा ताप्लेजुङका प्रजिअ उमेश पाण्डे,ताप्लेजुङ जिल्ला अस्पतालका डक्टर साेनिङ लामा,सिदिङमा गाउपालिका अध्यक्ष नरबहादुर कडरिया,मेरिङदेन गापाका अध्यक्ष गणेश लिम्बू,फुुङलिङ नगरपालिका उपमेयर बमबहादुर भट्टराई,जिसस प्रमुख मादेनले जिल्लाकाे बस्तुस्थतीकाेबारेमा जानकारी गराउनु भएकाे थियाे । णणत्यस्तै प्रदेश मन्त्री अाङबुहाङ,प्रदेश सचिव कार्की र सहसचिव श्रेष्ठ र डाक्टर रुईतले ताप्लेजुङ जिल्लामा काेभिड नियन्त्रणका लागि गर्न सकिने सहयाेगका बारेमा प्रकाश पारेका थिए ।पूर्मन्त्री भट्टराईले सचेतना अपनाउदै सबै मिलेर काेराेना नियन्त्रण गर्नु पर्नेमा जाेडदिनुभएकाे थियाे ।