ताप्लेजुङमा ठूलाे संख्यामा थपियो संक्रमित
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वाव संकलन गरी पठाएको सय जना मध्ये एकैपटक ६६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
कोरोनाका लक्षण देखिएका, संक्रमितको सम्पर्कमा रहेका र यस अघि संक्रमण पुष्टि भई पुन परीक्षणका लागि पठाएका मध्येबाट आएको रिपोर्ट रहेको प्रशासन कार्यालयले जनाएको छ ।
पोजेटिभ रिपोर्ट आउनेहरुमा ठुलो संख्या फुङ्लिङ नगरपालिकाका स्थानीयको रहेका छन् । केही मेरिङ्देन, सिरिजङ्घा गाउँपालिकाका पनि छन् ।
बुधबार रिपोर्ट आएका मध्ये ३४ जना महिला र ३२ जना पुरुष छन् । यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २ सय २५ पुगेको छ । सक्रिय संक्रमितको संख्या बढेपनि कोरोना जित्नेको संख्या न्यून छ । बुधबारको तथ्याङ्क अनुसार एकजना मात्रै संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ ।