काेराेनाले एकै दिनमा २२५ जनाकाे मृत्यु
काठमाडौं । नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ । मंगलबार देशभरमा ९ हजार ४८३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल २१ हजार ३१६ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२५ रहेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका दुई हजार ७८८ जना, ललितपुरका ६०२ जना र भक्तपुरका ५३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा तीन हजार ९२७ जनामा कोभिड १९ पुष्टि भएको छ।
यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने पाँच हजार २२५ जना छन् भने क्वारेन्टिनमा ४४८ जना छन् । मन्त्तालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।