ताप्लेजुङमा निषेधाज्ञाको अवधि थपियो

वेलकम खबर
बैशाख २६, २०७८

ताप्लेजुङ । ताााप्लेजुङमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा वृद्धि हुँदै गए पछि पुन निषेधाज्ञाको अवधि थप गरिएको छ । संक्रमणको नियन्त्रण र जोखिम न्युनिकरणका लागि वैशाख २७ गते जेठ ३ गते सम्म निषेधाज्ञा थप गरिएको हो । यस अघि वैशाख २७ गते सम्म लागु गरिएको निषेधाज्ञा सोमबारदेखि जारी छ ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ मा पर्ने लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्ला भित्र निषेधाज्ञा लागु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधिभर अत्यावस्यक काम बाहेक घर बाहिर नजान, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोज लगायतका भिडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्वन्धित माथील्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन साथै अत्यावस्यक बाहेकका सेवा हाललाई स्थगित गर्न समेत अनुरोध गरिएको छ । ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २० रहेको छ भने ३ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*