काेराेनाबाट बच्न प्रधानमन्त्री ओलीकाे यस्तो छ टिप्स

वेलकम खबर
बैशाख २०, २०७८

ताप्लेजुङ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिदै बच्नलाई आम देशवासीलाई टिप्स पनि दिन भ्याएका छन ।
– सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ,
– समय समयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौं
– भोजभतेर तथा पर्व घरमै मनाउँ
– भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।
– धैर्य गरौं, संयमता अपनाऔं ।
– सावधान होऔं तर आतङ्कित नहोऔं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*