आजबाट उपत्यकामा निषेधाज्ञा जारी, बैंकका शाखा बिहान १० बजेदेखि २ बजेसम्म मात्र खुल्ने
काठमाडौं। सरकारले बैंकका शाख आजबाट जारी गरेको निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर सेवा दिने भएका छन् ।
राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा काठमाडौं, ललितपुर, भक्तपुर सहित निषेधाज्ञा जारी हुने जिल्लाका शाखा कार्यालयहरु दैनिक चार घण्टा बैंकिङ्ग सेवा दिने सहमति जुटेको हो ।
संक्रमणको अवस्था र ग्राहकको भीडको अवस्थालाई हेरेर आगामी दिनमा आवश्यक थप निर्णय लिइने बैठकले निर्णय गरेको छ ।
सहमति अनुसार राजधानी उपत्यकाका बैंकको शाखा कार्यालयहरु १० देखि २ बजेसम्म खुला हुनेछन् । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ्ग सेवा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शाखा खोलिनेछ । बैंकका सबै एटीएम मेसिनहरु पनि खोलिनेछ ।
यस्तै निषेधाज्ञाको अवधिभर सकभर अनलाइन कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।