नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख १२ हजार नाघ्यो, मृत्युदर १.२६ प्रतिशत
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो ।
सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो जारी रहेको छ । यस क्रमलाई नियन्त्रण गर्नका लागि सरकारले काठमाडौं उपत्यकामा आजबाट दुई साताको लागि निषेधाज्ञा जारी गरेको छ ।
साथै कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १७ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १।०२६ प्रतिशतको मृत्यु भएको छ ।
त्यस्तै हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् ।
जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुङ्गामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ ।