भारतद्वारा कारोना खोप निर्यात बन्द
काठमाडौं। कोरोनाको संक्रमण दर बढदै गएपछि भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिनले भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ ।
त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्नका लागि सम्झौता गरेका छन् ।
आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेको हो ।
भारतको यो निर्णयका कारण भारतबाट किन्न चाहेका तथा कोभ्याक्स अन्तर्गत खोप पाउने सूचिमा रहेका विश्वका झण्डै १९० देश प्रभावित हुने भएका छन् ।
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युड अफ इन्डिया ९एसआइआइ० ले पछिल्लो दिनमा एस्ट्राजेनेकोको खोप विभिन्न देशमा पठाउन बन्द गरेको छ । यसबाट बेलायत तथा ब्राजिलसहितका देश पनि प्रभावित भएका छन् ।
भारतले हालसम्म विश्वका ७६ देशमा खोपको ६ करोड डोज निर्यात गरेको छ ।