धरौटी लिन निर्देशन मन्त्रालयले दिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी नलिई कोरोना सङ्क्रमितको उपचार गर्न निर्देशन दिएको छ।
साथै धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरूलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले उपचार अगाडि धरौटी लिन नपाउने बताए।
मन्त्रालयले धरौटी लिन पाउने कुनै निर्देशन मन्त्रालयले नदिएको उनले स्पष्ट पारे। कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै विभिन्न निजी तथा सरकारी अस्पतालहरूले धरौटी नलिई भर्ना नगर्ने भन्दै सूचना निकालेका छन्।