नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त

वेलकम खबर
कार्तिक १२, २०७७

काठमाडौँ। दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमी देखिएको छ। एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए।

सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए। अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू  भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ। ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन्।

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्। नेपालमा मंगलबार अपराह्नसम्म कोरोना सङ्क्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन्। मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*