जाडो याममा नेपालमा कोरोना संक्रमित ४ लाख पुग्न सक्छ : स्वास्थ्य मन्त्रालय

वेलकम खबर
कार्तिक ९, २०७७

काठमाडौं। जाडो मौसममा नेपालमा कोरोना सङ्क्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँकलन गरेको छ। त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोना सङ्क्रमितको संख्या करिब डेढ लाख छ। दिनप्रतिदिन संक्रमण बढिरहेको छ। जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ।

‘जाडो याममा करिब ४ लाख संक्रमित हुने र ६ लाख प्रभावित हुने हाम्रो आँकलन छ, जाडोको समय हाम्रो लागि झनै चुनौतीपूर्ण छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने। युरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयावह छ। नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने भएको छ।

हुन त विभिन्न देशमा भ्याक्सिन पनि निर्माण भइरहेको छ। जून छिटोमा पुस महिनाको अन्तिममा तयार हुनेछ। भ्याक्सिन सफल नै भए पनि नेपाल आउन फागुन लाग्ने देखिन्। जसकारण मंसिर, पुस र माघ महिना नेपालमा कोरोना भयावह बन्ने चिन्ता चिकित्सकहरूको छ।

दशैँ, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*