उपत्यकामा १११० सहित थप २२२५ मा कोरोना पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन्।
काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन्। यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ। पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन्।
नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।