नेपाल एयरलाईन्सले शुरु गरयो काठमाण्डौ ताप्लेजुङ उडान
ताप्लेजुङ । नेपाल एयरलाईन्सले आज देखि काठमाण्डौ ताप्लेजुङ उडान शुरु गरेको छ । लकडाउनका कारण बन्द भएको काठमाण्डौ ताप्लेजुङ उडान बुधवारबाट शुरु गरेको नेपाल एयरलाईन्सले जनाएको छ ।
नेपाल एयरलाईन्सले बुधवार ३ जना पेजेन्जर लिएर ताप्लेजुङ आएको थियो भने फर्कदा कुनै पनि पेजेन्जर लिएर नगएको नेपाल एयरलाईन्सका ताप्लेजुङ ईन्चार्ज लोकेन्द्र लिम्बुले बताए । उनले काठमाण्डौबाट ११ जना पेजेन्जर भएपनि पिसिआर रिर्पोट नभएका कारण आठ जना रोकिएको बताए ।
इन्चार्ज लिम्बुले भने भोलि विहिवार पनि ताप्लेजुङका लागि उडान राखेको छौ अब नेपाल एयरलाईन्सलाई ताप्लेजुङका लागि कुनै पनि पिसिआर रिर्पोट चाहिदैन नेपाल एयरलाईन्सले ताप्लेजुङको लागि बुधवार र शनिवार नियमित उडान गर्ने भएको छ । ताप्लेजुङबाट काठमाडौं ६७४० काठमाडौंबाट ताप्लेजुङ ६८४० भाडा दर कायम नेपाल एयरलाईन्सले गरेको छ ।
उता सिता एयरलाईन्सले १४ जना पेजेन्जर लिएर ताप्लेजुङ आएको थियो भने फर्कदा २ जना लिएर गएको थियो सिता एयरको भने पिसिआर रिर्पोट अनिवार्य गरेको छ ।सिता एयरले सोमवार, बुधवार र शनिवार उडान राखेको छ ।सिता एयरको भने ताप्लेजुङबाट काठमाडौं ८ हजार र काठमाडौंबाट ताप्लेजुङ ७५०० तोकेको छ ।