तीन दिन कोरोना परीक्षण बन्द गरिने

वेलकम खबर
कार्तिक ३, २०७७

काठमाडौं। दसैँका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक ९, १० र ११ गते पीसीआर परीक्षण नगर्ने जानकारी दिएको हो।

आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने जानकारी दिएका हुन्।

अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ।

उल्लिखित तीन दिनपछि भने फेरि नियमितबमोजिम नै परीक्षण जारी गरिने डा। गौतमले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*