विपद् जोखिम सामना गर्न सरकारले निश्चित योजना बनाएर काम गरिरहेको छ : प्रधानमन्त्री

वेलकम खबर
अशोज २७, २०७७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन्।

विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्ययोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने बताए। प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरण गर्न सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिए।

उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ रहेको थियो। विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*