काठमाडौंका सबै सरकारी अस्पताल कोरोना अस्पताल बनाउने सरकारको निर्णय

वेलकम खबर
अशोज २७, २०७७

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो।

बैठकले अस्पतालले होटलहरूसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ। यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*