तीन करोड १२ लाख बालबालिकामा दृष्टि समस्या

वेलकम खबर
अशोज २२, २०७७

काठमाडौं। आज विश्व दृष्टि दिवस। ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ। जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ।

आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ। नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ। यो समस्या सन् १९८१ को सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो।

अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या बढ्दो छ। अहिले कोभिड-१९ को जोखिमका कारण आँखाका बिरामी र समस्या अझ बढ्दै गएका छन्।

कोरोना सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन स्वास्थ्य सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*