बिराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

वेलकम खबर
अशोज २०, २०७७

बिराटनगर। नोबेल मेडिकल कलेज बिराटनगरमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो।

कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो। मृतकमा पाँच बर्षदेखि ब्लड क्यान्सरको समस्या थियो। सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए। मृतकमा मधुमेहको पुरानै समस्या थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*