सरकारले बाढी पहिरोबाट बास गुमाएका परिवारको घर बनाइदिने

वेलकम खबर
अशोज १९, २०७७

काठमाडौं। नेपालमा बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट घरबारविहीन भएकालाई पुनःस्थापित गर्न विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि २०७७ ल्याइने भएको छ।

विपद्बाट क्षतिग्रस्त भएका निजी आवासलाई पुनर्निर्माण गर्न र बस्ती अर्को कुनै स्थानमा स्थानान्तरण गर्नका लागि यस कार्यविधिमार्फत सरकारले काम अगाडि बढाउन लागेको छ। भएको घरजग्गा बगेर वा पुरिएर विकल्पहीन भएका परिवारलाई तत्काल घर बनाउन सरकारले सहयोग गर्न लागेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको यही मङ्गलबार बस्ने कार्यकारी समितिबाट यो कार्यविधि पारित हुँदैछ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बस्ने बैठकले कार्यविधि पारित गरेलगत्तै यसलाई कार्यान्वयनमा लगिने प्राधिकरणले जनाएको छ।

कार्यविधि अनुसार प्राकृतिक विपत्तिमा परेर घरबास गुमाएर त्रिपाल र खुला आकासमुनि बसेकालाई तत्काल बासका लागि राहतस्वरूप केही रकम उपलब्ध गराइने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*