रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनले गरिदिने
रसुवा। रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गरिदिने भएको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको ७र७ दिनमा पीसीआर परीक्षण गर्ने भएको हो। नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन्। सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो।
नेपाली पक्षले प्रत्येक हप्ता पीसीआर गर्न सम्भव नभएको बताएपछि चीनले नै पीसीआर गरिदिने बताएको रसुवाका प्रमुख भन्सारले जनाएको छ। रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात सुरु भएको छ। चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर नाका सञ्चालनमा ल्याएको हो। नाकाबाट हिजो एक गाडी रोल कपडा र नेपालले बिक्रीका लागि किनेको १४ वटा माइक्रोबस भित्रिएको थियो।
कोरोनाको जोखिमका कारण नेपालमा चिनियाँ सामग्री सिधै आउँदैन। पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन्। पर्सिदेखि भने चिनियाँ गाडीले नेपाली भू९भागमा नै सामग्री झारिदिने छन्। मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउन पर्ने भएकाले समस्या हुँदै आएको छ। रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ।