नेपालमा सक्रिय सङ्क्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ। देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या २० हजार नाघेको छ। सोमबारसम्मको तथ्याङ्कअनुसार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको सङ्ख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार जना नाघेमा व्यवस्थापन गर्न नसक्ने असोज ७ मै घोषणा गरेको थियो। इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय सङ्क्रमितको संख्या २५ हजारभन्दा बढी भए व्यवस्थापन गर्न नसक्ने भन्दै बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने सिफारिस गरेको थियो।
मन्त्रालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा। जागेश्वर गौतमले सक्रिय संक्रमित २५ हजारभन्दा बढी हुँदा सरकारको पूर्वाधार र स्वास्थ्यसम्बन्धी निकायले व्यवस्थापन गर्न गाह्रो हुने भएकाले देशलाई बन्दाबन्दी गर्न मन्त्रालयले सिफारिस गर्ने निर्णय भएको बताएका छन्।
स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित १८ हजार पुग्दै यो निर्णय गरेको थियो । पछिल्ला ६ दिनमा २ हजार ६ सय ८२ सक्रिय संक्रमित थपिएका छन्। सक्रिय संक्रमितमध्ये उपत्यकामा मात्रै ११ हजार २ सय ७४ जना अर्थात् ५५।२७ प्रतिशत छन्। काठमाडौंमा मात्रै ९ हजार १ सय ५३ जना छन्।
सक्रिय सङ्क्रमितको संख्या दिनहुँ बढेपछि स्वास्थ्य मन्त्रालयले बन्दाबन्दी गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ।