नेपालमा थप १५१३ मा कोरोना पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७३१ छ भने यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ५५३७१ पुगेको छ।
हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०७०७ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १०८९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा ५७७८ जना रहेका छन्। हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ। साथै काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष र ललितपुरमा ४७ महिला र ६७ पुरुषमा संक्रमण पुष्टि भएको छ।