होहल्ला गरेको भन्दै ताप्लेजुङमा होटल सञ्चालक पक्राउ
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी होहल्ला गरी असामाजिक कृयाकलाप गरेको भन्दै प्रहरीले शनिवार दुई जनालाई पक्राउ गरिएको छ ।
अनावस्यक रुपमा मादक पदार्थ सेवन गरि हो हल्ला लगायतका शान्ति सुरक्षामा असरपुग्ने कार्य गरेको भन्दै होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु माथी आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको शिर्षक मा मुद्धा दर्ता गरी कानुनी कारबाहि अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको प्रहरी नायव उपरीक्षक महेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।