विदेशमा अलपत्र ८० हजार नेपाली स्वदेश फर्किए
काठमाडौं। कोरोना महामरीका कारण विदेशमा अलपत्र परेका ८० हजार नेपाली स्वदेश फर्किएका छन्। शनिबारसम्म विभिन्न ३२ देशबाट गरी ८०, ०१६ जना नेपाली नेपाल फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले जानकारी दिएको छ।
सिसीएमसीका अनुसार सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना फर्किएका छन्। साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७ र ओमनबाट १ हजार ३२५, जना नेपाल फर्किएका हुन्।
त्यसैगरी बहराइनबाट १ हजार २७४, अस्ट्रेलियाबाट १ हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन्।
सबैभन्दा कम श्रीलंकाबाट ५ जना फर्किएका छन् । यो संख्या हवाई जहाजमार्फत फर्किनेको हो।