नेपालमा थप १५७३ मा कोरोना पुष्टि, १० को मृत्यु

उपत्यकामा थप ८०९ कोरोना संक्रमित
वेलकम खबर
अशोज ११, २०७७

काठमाडौं। पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्। आईसीयूमा उपचाररत संक्रमितको संख्या २२५ र भेन्टिलेटरमा ३३ जना संक्रमित छन्।

साथै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन्।

जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको ४७७ संख्या पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*