साउदीमा १४ सहित कोरोनाबाट विदेशमा थप २१ नेपालीको मृत्यु

वेलकम खबर
अशोज ११, २०७७

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप २१ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो।

कोरोना सङ्क्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन्।

तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो। समितिका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरेबिया, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

v

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*