शहरको नजिकको गाँउलाई पर्यटकिय क्षेत्र बनाउने : पर्यटनमन्त्री (फोटो फिचर)

वेलकम खबर
अशोज ११, २०७७

काठमाडौँ, । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई शहरको नजिकैको गाउलाई पर्यटकिय क्षेत्र बनाउने बताउनुभयो ।
आज ४१ औँ विश्व पर्यटन दिवसको अवसरमा दिवसको अवसरमा आज विहान चोभारस्थित मञ्जुश्री पार्कमा बृक्ष रोपण कार्यक्रम गदै मन्त्री भट्टराईले सो कुरा बताउनु्भएको हो ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिज्म विल्डिङ पिस ! फोस्टरिङ नलेज’ रहेको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो ।
पर्यटनमन्त्री भट्टराईर्ल राजधानी काठमाडौँ वरिपरिका क्षेत्रलाई हराभरा बनाएर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने कार्य शुरु भइसकेको जानकारी समेत दिनुभयो ।


उहाँले कोभिड–१९ महामारीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई सुदृढ गरी पर्यटकीय उपज बढाउनेतर्फ सरोकारवालासँग समन्वयका सााथ कार्यक्रम अघि बढाइने उल्लेख गर्नुभयो ।


देशका तीन तहका सरकारको सामुहिक प्रयत्नबाट मुलुकको पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी रुपमा अघि बढाइनेपनि पर्यटनमन्त्रीको भनाई थियो ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिध एवम् सर्वसाधरणको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*