पर्यटन मन्त्रालयको ट्रेड युनियनमा राई,संगठनमा श्रेष्ठ
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको अध्यक्षतामा हरिकाजी राईलाई मनोनयन गरेका छ । मन्त्रालयको निजामती कर्मचारी संगठनको विभागीय कार्य समितिको आज बसेको बैठकले राईलाई मनोनयन गरेको हो ।सहसचिवमा वसन्ती वस्न्यात, सदस्यहरुमा जुजुभाई महर्जन, रामकृष्ण महर्जन,विष्णु प्रसाद अधिकारीलाई मनोनयन गरेको ।
त्यस्तै नेपाल निजामती कर्मचारी संगठनको विभागीय कार्य समितिले पूर्णता पाएको छ । मन्त्रालयका नायव सुब्वा अर्जुन श्रेष्ठको अध्यक्षतामा संगठन विभागले पूर्णता पाएको हो । सो समितिको उपाध्यक्षमा पुरुषोक्तम थापा, महिला उपाध्यक्षमा नर्वदा श्रेष्ठ,सचिवमा सञ्जय नेपाल, सहसचिव रोशनी कार्की र कोषाध्यक्ष विन्दू घिमिरे रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा गीता पराजुली,करुणा नकर्मी, अरुणा पाण्डे, रामचन्द्र श्रेष्ठ, मदन विमली,अर्जुन भट्टराई, कल्पना पराजुली, राम कृष्ण महर्जन ,रचना प्रधान, गोविन्द न्यौपाने,सुभासकृष्ण डंगोल र निना राई रहुन भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधि महिलामा बस्न्ती बस्न्यात,अन्य प्रतिनिधिमा कमलराज श्रेष्ठ र मिठाराम पुडासैनी छनौट हुन भएको छ ।
आधिकारिक ट्रेड युनियनका उपाध्ययक्षमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले मनोनयन गर्ने छ भने अन्य पदमा नेपाल निजामति कर्मचारी युनियन संघले सचिव लगायतका पदमा यस अघि नै मनोनित गरिसकेको छ ।