विराट शिक्षण अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

वेलकम खबर
अशोज ७, २०७७

विराटनगर। मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।

बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको उपचारका क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो।

भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ। सोही दिन बिरामी बृद्धको स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो।

बृद्धमा महुमेहसँगै मिर्गौलाको पनि समस्या रहेको थियो। यससँगै प्रदेश १ मा हालसम्म ५७ जना सङ्क्रमितकोब मृत्यु भइसकेको छ। जसमा १७ महिला र ४० जना पुरुष रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*