नेपालमा थप १ हजार १५४ मा कोरोना पुष्टि
काठमाडौं। बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए।
यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गौतमका अनुसार बितेको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ।
आजसम्म देशभर सक्रिय सङ्क्रमितको संख्या १७ हजार ६११ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन्।