नेपालमा थप १३२५ मा कोरोना पुष्टि, १० को मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो। यससँगै कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।
उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतवार कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ।v