विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड नाघ्यो

वेलकम खबर
अशोज २, २०७७

काठमाडौं। कोरोना भाइरस संक्रमित संख्या विश्वभर ३ करोड नाघेको छ। विश्वमा अहिले सम्म कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार २२७ पुगेको छ। भने मृत्यु हुनेको संख्या ९ लाख ५० हजार ४२९ पुगेको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर तीब्र गतिमा फैलिने क्रम रोकिएको छैन।

चीनले समयमा नै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भए पनि बाँकी विश्व भने अहिले पनि यससँग संघर्ष गरिरहेको छ। सबैभन्दा बढि अमेरिकामा यसको असर देखिएको छ। संक्रमित संख्या ३ करोड पार हुँदा सबैभन्दा धेरै अमेरिका प्रभावित छ।

अमेरिकामा ६८ लाख ७४ हजार ५ सय ९६ जना मानिसहरू संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। दोस्रो बढी प्रभावित मुलुक हो भारत जहाँ ५२ लाख १२ हजार ६ सय ८६ जना संक्रमित रहेको तथ्याङ्क जोन्स हप्किन्सले संकलन गरेको छ।

ब्राजिलमा ४४ लाख ५७ हजार भन्दा बढि मानिस यसबाट संक्रमित छन् भने रसियामा १० लाख ८५ हजार भन्दा बढि संक्रमित भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*