मन्त्री भट्टराईद्धारा कोहारका परिवारलाई आर्थिक सहयोग

वेलकम खबर
भदौ २८, २०७७

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले केही दिन अघि निधन भएका लुम्बिनी विकास कोषका कार्यकारी सदस्य अमिरका कोहारका परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ ।

लुम्बनी क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री भट्टराईले कोहारको घर रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ३ मा शनिवार पुगि मृतक कोहारका परिवालाई एक लाख एक हजार आर्थिक सहयोग गर्न भएको हो । मन्त्री भट्टराईले परिवार जनमा समबेदना ब्यक्त गदै मृतकका धर्मपत्नी ईश्वरवति कोहारलाई काजकिरिया खर्च बापत सो रकम हस्तान्तरण गर्नु भएको हो । लुम्बनी विकास कोषका सदस्य कोहारको गत भदौ २३ गते निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*