आजबाट स्थगित अध्यागमनका सबै सेवा सुचारु

वेलकम खबर
भदौ २८, २०७७

काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखि स्थगित गरिएका भिसा सेवाहरू आजबाट नियमित गरिने भएको छ। अध्यागमन विभागको स्थगित सबै सेवा आजबाट शुरु गरिने भएको हो। २६ साउन २०७७ मा मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बाँकी जनसम्पर्क हुने सेवा प्रवाहसम्बन्धी कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले गत साता निषेधाज्ञालाई खुकुलो पारेपछि विभागले नियमित भिसा सेवाहरू आजबाट शुरु गरेको हो। ८ चैत २०७६ सम्म भिसा नियमित भएका विदेशीहरू अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमास्थित अध्यागमन कार्यालयहरूबाटै निःशुल्क भिसा नियमित गरी प्रस्थान अनुमति दिने विभागले जनाएको जनाएको छ।

विभागका अनुसार ८ चैत २०७६ सम्म पर्यटक भिसा नियमित भएका तथा उडान शुरु भए पनि विभिन्न कारणले तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीहरूको हकमा ३० साउनसम्म निःशुल्क र सोपश्चात बढीमा मंसिर २०७७ मसान्तसम्म नियमानुसार भिसा शुल्क लिई पर्यटक भिसा नियमित गर्न सकिने छ।

यसअघि विभागबाट मात्र जारी तथा नवीकरण हुँदै आएको गैरआवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अब काँकरभिट्टा, झापा र पोखरास्थित अध्यागमन कार्यालयबाट समेत जारी र नवीकरण गर्न सकिने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*