पर्यटन मन्त्रीद्वारा जितिया पर्वको शुभकामना
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल बहुजाति, बहुभाषा बहु सांस्कृतिक र मौलिक पर्वका कारण पृथक भएको बताएका छन्।
पूर्वी तराईवासी र थारू महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई एकतामा मजबुत बनाउँन सक्ने कामना व्यक्त गरेका छन्।
साथै देश विदेशमा सम्पूर्ण दिदीबहिनीहरूमा सुखशान्तिको कामना गर्दै हाम्रो मौलिक सांस्कृतिक पर्वहरूलाई जर्गेना एव संरक्षण गर्दै अझ सुसंस्कृत बनाउँदै लैजानु पर्ने बताएका छन्।
आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ। आज अष्टमी जितियाको मुख्य दिन हो।